बैतडीमा जीप दुर्घटना, १ को मृत्यु ३ घाइते


बैतडी – धनगढीबाट बैतडी जाँदै गरेको जीप दुर्घटनामा परेको छ । बैतडीको सुर्नयास्थित आलुगैरामा भएको दुर्घटनामा जीपका चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चालक बझाङ बुङ्गल नगरपालिका –११ का २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा छन्।

बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया