

झापाबाट लागूऔषध सहित २ पक्राउ

झापा । झापास्थित मेचीपारी प्रहरी चाैकीबाट खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले बुधबार भद्रपुर नगरपालिका–२ बस्ने ३६ वर्षीय दीपक राई र सोही ठाउँका ३५ वर्षीय शेर बहादुर बस्नेत मोटरसाइकलमा विभिन्न औषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नाइट्रोजन, फेनारगन, डाइजेपाम लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको र बिहीबार झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसान्धनको प्रकृया अगाडि बढाइने प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

