दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनलाई पूजा र हवन गर्न ज्योतिषको सुझाव


एजेन्सी – दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लू अर्जुन अहिले चर्चाको विषय बनेका छन् । उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै लोकप्रियता पाइरहेको छ । फिल्ममा अल्लूका साथ अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् । उक्त चलचित्र आज फागुन १ गतेदेखि नेपाली सिनेमा हलहरुमा पनि प्रदर्शन हुने भएको छ ।

यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् । किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन् ।

ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेका छन् । खासगरी करियरको हिसाबले उनी उच्च स्थानमा छन् । करियरलाई राम्रो बनाउन ज्योतिषले अभिनेतालाई विशेष पूजा र हवन गर्न सुझाव दिएका छन् । यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ ।

प्रतिक्रिया