२२औं ‘आइफा अवार्ड’ मे २० मा आबुधाबीमा हुने


काठमाडौं – २२औं संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड ‘आइफा अवार्ड २०२२’ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ ।

अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन् ।

अवार्ड आबुधाबीको यस आइसल्यान्डमा हुनेछ । यसपटकको अवार्ड भारत स्वतन्त्रताको ७५औं उत्सव र युएईसँगको भारतको दौत्य सम्बन्धको गोल्डेन जुब्लीलाई समर्पित गरिनेछ । अवार्डको होस्ट अभिनेता सलमान खानले गर्नेछन् ।

 

 

प्रतिक्रिया