ब्राउन सुगरसहित काठमाडौंबाट युवक पक्राउ


काठमाडौं – लागूऔषध ब्राउन सुगरसहित थप एक युवक पक्राउ पवरेका छन्। २४ माघमा कपनबाट पक्राउ परेका दुई जनाको बयानको आधारमा प्रहरीले थप एकजना युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–११ बस्ने २४ वर्षका मितेन शेर्पा उर्फ तेन्जिङ रहेका महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ।

माघ २४ मा साँझ कपनबाट खटिएको टोलीले आकाशे धाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा र २३ वर्षका खगेस खत्रीलाई पक्राउ गरेको थियो।

शुरुमा पक्राउ परेका पासाङ छिरिङबाट प्रहरीले ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो। सो ब्राउन सुगर कञ्चनपुर घर भएर बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्ने खत्रीले राख्न दिएको पासाङ छिरिङले बयान दिएका थिए।

थप कारोबारीको सुराकको आधारमा प्रहरीले मितेनलाई नयाँ बसपार्कस्थित हिलेटोलबाट पक्राउ गरेको हो। मितेनको साथबाट १६.८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन–२०३३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया