विप्लव समूहको सिंगो जुम्ला जिल्ला समिति माओवादीमा समाहित


काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवेश गरेको छ।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरीलगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराएका हुन्।

सो अवसरमा अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो।

मओवादी प्रवेश गरेका तिरुवाले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए। अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको तिरुवाको भनाइ थियो।

प्रतिक्रिया