अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ


दाङ – दाङमा पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले तीन जनलाई प्रक्राउ गरेको छ।

अनलाइन नेटवर्किङबाट १७ हजार ठगी गरेको भन्दै एकजना पीडितले प्रहरीमा उजुरी दिएको आधारमा तीन जानलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए । पक्राउ पर्ने सबै रोल्पा घर भई घोराही बस्नेहरु रहेका छन् ।

तीनै जना होटल सञ्चालक हुन् । घटनाबारे थप अनुन्धान भइरहेको र पक्राउ पर्नेक्रम जारी भएकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

पक्राउ परेकाहरुले दुई महिनामा पैसा डबल हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर, साफिरलगायतमा लगानी गर्न भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

उनका अनुसार पछिल्लो समय अनलाइनबाट पैसा कमाउने भन्दै ठूलो रकमको अबैध कारोबार भइरहेको छ ।

प्रतिक्रिया