बालुवाटार बैठकमा टोपबहादुर र मणि थापा


काठमाडौं – नेकपा विभाजनको अन्तिम तयारी भइरहेका बेला पूर्व माओवादी समूहका तीन स्थायी कमिटी सदस्य केपी ओली पक्षमा खुलेका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले आजका लागि बालुवाटारमा नै बोलाएको केन्द्रीय कमिटी बैठक शुरु हुन लागेको छ ।

बैठकमा सहभागी हुन पूर्व माओवादी पक्षका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बालुवाटार पुगेका छन् ।

लेखराज पछिल्लो समय ओलीसँगै रहे पनि रायमाझी र मणि थापा दुवै पक्षका बैठकमा सहभागी थिएनन् ।

प्रतिक्रिया