सानिमा बैंककाे थप ३ ठाउँमा शाखा विस्तार


काठमाडाैं – सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । कावासोती-८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरिन् ।

यसैगरी बर्दिबास-१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका-१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरे ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया