चटपटे नायिका काजोललाई कोरोना पुष्टी


नयाँदिल्ली – बलिउड अभिनेत्री एवं नायिका काजोललाई कोभिड संक्रमण पुष्टी भएको छ । पछिल्ला समयमा कोरोनाले संक्रमित हुने बलिउड कलाकारहरुको सूचीमा काजोलको नाम पनि थपिएको छ । बलिउडमा चटपटे नायिकाका रुपमा काजोल अभिनेता अजय देवगनकी पत्नी हुन् ।

काजोलले आफूलाई कोरोना पुष्टी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । उनले आफूले यसबखत छोरी न्यासालाई मिस गरिरहेको बताएकी छिन् । उनले सबै कोरोना संक्रमितहरुको निकोको कामना समेत गरेकी छिन् ।

यसअघि बलिउड कलाकारहरु जोन अब्राहम, मृणाल ठाकुर, एकता कपुर, नकुल मेहता, नोरा फतेही, करिना कपूर, अमृता अरोडा, अर्जुन कपुरसमेतलाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया