

राजपत्रमा बुच्चे नक्साबारे सरकार भन्छ – गल्ती भयो, सच्याइन्छ

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी विषयमा प्रकाशित राजपत्रमा बुच्चे नक्सा समेटिएकामा गल्ती महसुस गर्दै सच्याउने बताएको छ ।
प्रदेश राजपत्रमा नेपालको नक्सा पुरानै राखिएको थियो । सरकारले गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ ।
संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा नयाँ चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको हो ।

