

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
अध्यक्ष ओलीले शनिबार गराइउको एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको र सो रिपोर्टमा पनी पोजेटिभ नै आएको सचिवालयले जानकारी । ओली सँगै उनकी पत्नि राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण देखिएपछि उनीहरु हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

