जनप्रतिनिधिबिहीनताको अवस्था कल्पनासम्म पनि गर्न सकिँदैनः गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा जनप्रतिनिधिबिहीनको अवस्था संविधानले कल्पना नगरेको बताएका छन् । सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव आएपछि थापाले यस्तो कल्पना गर्न नसक्ने बताएका हुन् ।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अतःनिर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

थापाले कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी गरे । ‘कांग्रेस प्रष्ट छ, असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’

 

प्रतिक्रिया