गुडविल फाइनान्सको २७ औं साधारणसभा सम्पन्न


काठमाडौं – गुडविल फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःको अध्यक्षतामा बिहीबार राजधानीमा सम्पन्न भयो ।

विद्युतिय माध्यमबाट सम्पन्न भएको साधारण सभामा कम्पनीका अध्यक्ष साखःद्वारा प्रस्तुत आ.व. २०७७÷०७८ को बार्षिक प्रतिवेदन पारित भएको छ ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा १८.८४ प्रतिशतले वृद्धि गरी रु १०,०९,३९,८४,९९७ तथा कर्जा तर्फ १५.६८ प्रतिशतले वृद्धि गरी रु. ७,९१,३३,८९,६८० पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष साखःले प्रस्तुत गरेको आ.ब.२०७७÷०७८ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ९.१ प्रतिशत बोनस शेयर तथा ३.९ प्रतिशत नगद लाभांश गरि जम्मा १३ प्रतिशत वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराए ।

जुम मिटिङमार्फत् मार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिएका थिए ।

प्रतिक्रिया