
र्यापर लाउरेसहित चारजना थप २ साता हिरासतमा रहने
पाेखरा – लागूऔषधसहित पक्राउ परेका र्यापर आशिष राना लाउरेसहित चार जनालाई कास्की जिल्ला अदालतले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
लाउरे नामले परिचित रानासहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।
उनलाई गत बुधबार २१ गतेदेखि लागु हुनेगरी १७ दिन हिरासतमा राख्न अनुमति दिइएको हो। प्रहरीले यही पुस १४ गते राति लाउरेसँगै पोखरा २१ का ३९ वर्षीय ध्रुबबहादुर थापा, रुपा गाउँपालिका-७ घर भएका ३० वर्षीय बिक्की भन्ने नविनकुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका घर भई पोखरा-८ सभागृह बस्ने २२ वर्षीया सुस्मिता गुरूङलाई लागूऔषधसहित पक्राउ गरेको थियो।



कागजपत्र |
