इन्डियन आइडल पवनदीप ठमेलको एलओडी आउँदै


काठमाडौँ– चिसो काठमाडौँलाई तताउन इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । उनले ठमेलस्थित ‘एलओडी’ क्लबमा आगामी माघ १ गते प्रस्तुती दिने छन् । पवनदीपले क्लबका पारखीलाई गीत गाएर चिसिएको काठमाडौँलाई नचाएर तताउने भएका छन् । नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् ।

पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको क्लबका निर्देशक रविन श्रेष्‍ठले बताए ।

‘अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौ,’ उनले भने,’ कोभिडले थलिएको ठमेललाई सांगितिक माहोलले तताएर भए पनि उर्जा दिने छौँ ।’

प्रतिक्रिया