
एसपी पाण्डेलाई निलम्बन गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय
काठमाडौं – प्रहरी प्रधान कार्यालयले मध्यरातमा पेस्तोल बोकेर कांग्रेस जिल्ला सभापतिको घरमा पुगेर आतंक मच्चाएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी हिराबहादुर पाण्डेलाई निलम्बन गर्ने तयारी गरेको छ ।
घटना बाहिरिइसकेपछि प्रधान कार्यालयले एसपी पाण्डेलाई प्रधान कार्यालय झिकाई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने तयारीमा रहेको पनि प्रधान कार्यालय स्रोतले जनाएको छ । छानबिन समितिले दोषी ठहर्याएमा एसपी पाण्डेलाई निलम्बनसम्मको कारबाही गरिने स्रोतको दाबी छ ।
त्यस्तै २ नम्बर प्रदेश प्रहरी कार्यालयले पनि घटनाको बारेमा सत्यतथ्य छानबिनका लागि अर्को छुट्टै समिति बनाउने भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा एसपी पाण्डे दोषी देखिएकोले उनलाई निलम्बनसम्मको कारबाही हुनेसक्ने अनुमान गरिएको छ ।
एसपी पाण्डेले सरुवाको विषयलाई लिएर कांग्रेस सिरहा सभापति रामचन्द्र यादवको घरमा मध्यरातमा पुगेर आतंक मच्चाएका थिए । सरूवाको बारेमा विवाद भएपछि एसपी पाण्डेले यादवलाई ज्यान मार्ने धम्की दिँदै यादवको घर पुगेका थिए ।
घटनापछि प्रदेश २ प्रहरी प्रमुख नायब महानिरीक्षक ९डिआईजी० उमेश रन्जितकारले यादवलाई घरमै पुगेका भेटेका थिए । सिराहाका कांग्रेस कार्यकर्ताले घटनामा दोषी देखिएका एसपी पाण्डेलाइ हदैसम्मको कारबाहीको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएका छन् ।
भेटको क्रममा एसपी पाण्डेमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको स्रोतले तायो। यस विषयमा सांसद यादवसँग कुरा गर्दा आइतबार मध्यराति एसपी पाण्डे मदिरा सेवन गरेपछि हतियारसहित आफ्नो निवासमा आएको पुष्टि गरेका थिए ।
अहिले पाण्डेको स्थानमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई खटाइसकेको छ ।



कागजपत्र |
