स्वास्थ्य परीक्षण गर्न नयाँ दिल्ली जाँदै प्रधानसेनापति शर्मा


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणको लागि आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् ।

नेपाली सेनाकाअनुसार शर्माले पुस १८ देखि ३० गतेसम्मका लागि बिदा लिएका हुन् । उनी स्वास्थ्य परीक्षणको लागि भारत जाने सेनाले जनाएको छ । मन्त्रिपरिषद्ले उनको बिदा स्वीकृत गरिसकेको छ ।

गत भदौ २४ गतेदेखि तीन वर्षका लागि प्रधानसेनापतिको कार्यकाल सम्हालेका शर्मा पटक-पटक स्वास्थ्यका कारण महत्वपूर्ण कार्यक्रममा उपस्थित हुन सकेका छैनन् ।

प्रतिक्रिया