चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना कर्मचारी सम्मानित


धनगढी – कैलालीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित २४ जना राष्ट्र सेवक कर्मचारीलाई एक संस्थाले सम्मान गरेको छ ।

‘जसको कोही छैन, त्यसको हामी छौं अभियान नेपाल’ नामक संस्थाले बुधबार जिल्ला समन्वय समितिको कार्यालय धनगढीमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

‘कोभिड-१९ को महामारीका बेला आफ्नो ज्यान हत्केलामा राखेर अरूलाई बचाउँदै आफू पनि बाँच्नुभयो त्यसैले त भेट भयो’ भन्ने नाराका साथ सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. निराजनदत्त शर्मा पौडेलसहितका स्वास्थ्यकर्मी तथा विभिन्न कार्यालयका कर्मचारीलाई सम्मान गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी र राष्ट्र सेवक कर्मचारीले महामारीका बेला पुर्‍याएको योगदानको कदरस्वरुप प्रशंसा पत्रसहित सम्मान दिइएको हो ।

प्रतिक्रिया