जहाज र हेलिकोप्टरको अवस्थाको अध्ययन गर्न छानबिन समिति गठन


काठमाडौं – सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव रहेका छन् ।

विज्ञप्ति सहित:

 

प्रतिक्रिया