२०२१ मा बलिउडमा स्पोर्टस बायोपिकको वर्चश्व


मुम्बई(एजेन्सी)– सन् २०२० को शुरुवातमा फिल्म ‘सोन चिडिया’ पछि निर्देशक अभिषेक चौबेले भारतीय हकीका जादुगर मेजर ध्यानचन्दको बायोपिक बनाउने घोषणा गरेका थिए । यो वर्षको अन्त्य हुन लाग्दा उनैले नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्म निर्माता रानी स्क्रुवालीको कम्पनी आरएसवीपीको यो फिल्मको घोषणा सामाजिक सन्जालको माध्यमबाट गरेको छ । यद्यपि फिल्मको स्टार कास्टको भने घोषणा गरिएको छैन ।

‘१५ सय गोल । ३ ओलम्पिक मेडल र भारतको गर्वलायक एक कथा । हामीले निर्देशक अभिषेक चौबेका साथ भारतीय हकीका जादूगर ध्यानचन्दको बायोपिक घोषणा गर्न पाउँदा हर्षले गदगद छौं । फिल्म रिलिज २०२१ वा २०२२ मा हुनेछ’, ट्वीटरमा उल्लेख छ ।

त्यसो त सन् २०२१ र २२ मा बलिउडमा कैयौं स्पोर्टस लिजेन्डको बायोपिक बन्दैछन् । हालैमात्र शतरंजका ग्राण्डमास्टर विश्वनाथन आनन्दको बायोपिकको घोषणा गरिएको छ । जसलाई आनन्द एल राय बनाइरहेका छन् । यो फिल्मको स्टारकास्टको घोषणा पनि गरिएको छैन । सन् २०२१ मा फ्लोरमा फिल्म जानेछ ।

फूटबलका दिग्गज कोच सौयद अब्दुल रहीमको बायोपिक ‘मैदान’ २०२१ मा रिलिज हुँदैछ । यो फिल्ममा अजय देवगन प्रमुख भूमिकामा छन् । सैयद भारतमा आधुनिक फूटबलका आर्टिटेक्ट मानिन्छन् । फिल्ममा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री कीर्ति सुरेश अहम भूमिकामा देखिनेछिन् ।

टेनिस स्टार साइना नेहवालको बायोपिक पनि प्रि प्रोडक्सनमा छ । जसमा परिणीति चोपडा शीर्ष भूमिकामा छिन् । ‘साइना’ नामको यो फिल्मको निर्देशन अमोल गुप्तेले गर्दैछन् । फिल्ममा श्रद्धा कपूरले साइनाको भूमिकामा अभिनय गर्दैछन् ।

महिला क्रिकेटर मिताली राजको बायोपिक ‘शाबास मिट्टू’ पनि पाइपलाइनमै छ । फिल्मको निर्देशन राहुल ढोलकियाले गर्दैछन् । फिल्ममा तापसी पन्नू प्रमु भूमिकामा छिन् । फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ ।

ओलम्पिक गोल्ड मेडलिस्ट शूटर अभिनव बिन्द्राको बायोपिक पनि निर्माणाधिन अवस्थामा छ । जसमा हर्षबर्धन कपूर शीर्ष भूमिकामा छन् । जबकी अनिल कपूर यो फिल्ममा पनि देखिँदैछन् । फिल्मको निर्देशन कन्नन अय्यर गरिरहेका छन् ।

प्रतिक्रिया