विश्वविद्यालय सेवा आयोगको कार्यालयमा शिक्षकले गरे तालाबन्दी


जनकपुर – राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन्। विश्वविद्यालयकै शिक्षकहरूले सोमबार आयोगको कार्यालयमा तालाबन्दी गरेका हुन्।

उनीहरूले सेवा आयोगका अध्यक्ष प्रा.डा. शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका छन् । विश्वविद्यालयले उप-प्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेपछि करारमा कार्यरत शिक्षकले तालाबन्दी गरेका हुन्।

करार शिक्षकका माग सम्बोधन नगरी उपप्राध्यापकका लागि विज्ञापन गरिएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

स्थापनादेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकको उमेर समेत पार भइसकेकाले त्यसलाई ख्याल नगरी विज्ञापन आह्वान गर्नु ठीक नभएको करार शिक्षक संघका सभापति दिलीप यादवको भनाइ छ।

करार शिक्षकहरू ६ महीनादेखि आन्दोलनमा छन्।

प्रतिक्रिया