
प्रवक्ताको जिम्मेवारीबाट अलग हुने विश्वप्रकाशको घोषणा
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन्।
भर्खरै सम्पन्न नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी पाएपछि शर्माले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने घोषणा गरेका हुन्।
सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै नयाँ जिम्मेवारी पाएको भन्दै आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका हुन्।
प्रवक्तामा अर्का नेतालाई जिम्मेवारी दिन र नयाँ व्यक्तिको भुमिकालाई बढावा दिन आफु बाहिरिन लागेको नेता शर्माले बताए।
शर्माले पार्टीको धारणा र सूचनाको लागि अर्को व्यक्ति आउने भन्दै आवश्यक परे आफु जति बेला पनि उपलब्ध हुनेपनि बताए।



कागजपत्र |
