बेलायतमा ओमिक्रोनबाट एकको मृत्यु, आपतकाल घोषणा


लण्डन – बेलायतमा कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । लगत्तै प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्।

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्।

उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन।’

त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। उनले यही महिनाको अन्त्यसम्म वृद्धवृद्धाहरुलाई बुस्टर डोज लगाइसक्ने बताएका थिए ।

प्रतिक्रिया