वीर अस्पतालमा मेडिकल बोर्डबाट नक्कली सिफारिस लिने कर्मचारीको बिगबिगी!

मोटरसाइकल चलाउन सक्नेले गम्भीर बिरामीको सिफारिस लिइ अस्पतालमै कार्यरत


काठमाडौं – भ्रष्टाचारका कारण पटकपटक विवादमा आउने गरेको वीर अस्पतालको अर्को काण्ड बाहिर आएको छ । नेपाल सरकारको नियमअनुसार विभिन्न स्थानमा समायोजन भएका कर्मचारीहरुले अनेक बहाना बनाई वीर अस्पतालमै बस्दै आएको पाइएको छ ।

वीर अस्पतालको मेडिकल बोर्डबाट गम्भीर प्रकृतिको रोग लागेको भन्दै नक्कली सिफारिस बनाई समायोजनपछि तोकिएको कार्यस्थलमा २ वर्षसम्म पनि नगई अहिलेसम्म वीर अस्पतालमै कार्यरत भेटिएका छन् ।

नेपाल मेडिकल बोर्डको सिफारिसमा कुनै पनि कर्मचारीलाई कडा र जटिल किसिमको रोग लागेको पुष्टी भएमा कर्मचारीले चाहेको स्थानमा नै काम गर्न पाउने नियम रहेको छ ।

सोही नियमको दुरुपयोग गर्दै कतिपयले चिनेको चिकित्सकबाट प्रेस्किप्सन बनाई बोर्डबाट कडा रोग लागेको सिफारिस बनाउने गरेका छन् । जुन सिफारिस गराउनका लागि बिचौलियाहरुको सञ्जाल नै रहेको समेत स्रोतले जनाएको छ । सञ्जालले प्रतिसिफारिस ३ लाख देखि साढे तीन लाख रकम असुल्ने पनि जनाइएको छ ।

वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस बिदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ।

यस किसिमको सिफारिस लिएर वीर अस्पतालमै १५ भन्दा बढी कर्मचारी कार्यरत रहेको जनाइएको छ । जब कि ती कर्मचारीहरु दैनिक रुपमा उपत्यकाका विभिन्न स्थानमा आफैं सवारी साधन चलाएर अस्पतालको काम गर्न आइपुग्छन् । ती मध्ये अधिकांश वीर अस्पतालको भन्सारको रुपमा मानिएको स्टोर शाखामा कार्यरत छन् ।

तर बार्डको उक्त सिफारिसबाट सुविधा ल्याएका कर्मचारीहरु अधिकांश स्वस्थ्य रहेका छन् । उनीहरुको पुनः एकपटक स्वास्थ्य जाँच गरेमा बोर्डको बदमासी छलंंग हुने पनि एक कर्मचारी बताउँछन् । उनी भन्छन्, विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो शंकर झालगायतहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकन्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आएर दिनमा दसौंपटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन्, विभिन्न खेलकुद प्रतियोगिामा भाग लिन्छन्, तर कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरी सरुवा भएको स्थानमा नगई यहीँबाट जागिर खाइरहेका छन् ।’ उनी थप्छन्, ‘यो सरासर ठगी नभई के हो त ?’

ती मध्येका टिकाराम पनेरुे ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिर्पोट बनाएका छन् । उनै पनेरुलाई स्वास्थ्यकर्मी संंघका अध्यक्ष रामजी धिमीरे र नर्स रमिला चौलागाईंको पहुँचको आधारमा मेडिकल स्टोरको जिम्मा दिइएको छ । जब कि स्टोरमा शारिरीक काम बढी हुन्छ, जहाँ धेरै हिँड्नुपर्छ ।

पनेरुले विभिन्न मेडिकल ब्यापारीसँग बिभिन्न नाममा चन्दा उठाई रहेको पनि जनाइएको छ । उनले वीर अस्पताल कै निर्देशकलाई समेत  टेर्दैनन । पनेरुले अस्पताल फार्मेसीमा म्याद  सकिन  लागेको ९० लाखको औषधि विना आदेश मगाएर म्याद सकिएपछि सो औषधी फिर्ता नगरी भुक्तानीको लागि दबाब समेत दिएको निर्देशक कार्यालय स्रोतले जनाएको छ ।

पनेरुलाई नक्कली मेडिकल बोर्ड सिफारिस वनाएको भन्दै प्रधानमन्त्री ,स्वास्थ्य मन्त्रालय, र अख्तियारमा समेत उजुरीसमेत परिसकेको छ । तर, उनले अहिले पनि अनियमितता गर्दै आइरहेको जनाइएको छ । उनलाई कोभिड भ्यासिन  लगाउदा पैसा लियर  खोप लगाउने  गरेको समेत उजुरीसमेत छ। विभिन्न बहानामा अस्पतालमा अनियमितता हुँदै आइरहे पनि पनेरुलाई अहिलेसम्म रमाना भने अस्पताल प्रशासनले बुझाउन सकेको छैन ।

प्रतिक्रिया