व्यवस्था फेरिए पनि अवस्था फेरिएन, हामीले प्रजातन्त्रीकरण अभियान भुल्यौँ : सिपी मैनाली


काठमाडौं – नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए ।

आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे ।

देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेको उनको आरोप थियो ।

प्रतिक्रिया