फेरि सर्यो १६ जिल्लाको कांग्रेस अधिवेशन


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको बाँकी रहेको १६ जिल्लाको अधिवेशन पुनः सरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले यही पुस २७ गते गर्ने भनिएको १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभाको निर्वाचनका कारण माघ १५ का लागि सारिएको छ ।

रिजालले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्यको १९ पदको निर्वाचनलाई मध्यनजर गर्दै यसअघिको निर्णयअनुसार जिल्ला कार्य समितिको निर्वाचन हुन बाँकी रहेका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत १६ जिल्लाको जिल्ला अधिवेशन माघ १५ का लागि सारिएको बताएका छन् ।

प्रतिक्रिया