भारतमा ओमिक्रोनको तेस्रो केस भेटियो, उच्च जोखिममा मुम्बई


नयाँ दिल्ली – छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट थप एक जना संक्रमित भएका छन्। भारतीय अधिकारीहरुका अनुसार गुजराजको जामनगरमा ओमिक्रोन संक्रमित भेटिएका हुन्।

संक्रमित व्यक्ति दुई दिनअघि जिम्बाब्वेबाट भारत आएका थिए। विमानस्थलमै उनको परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। जीनोम सिक्वेन्सिङ गर्दा उनमा ओमिक्रोन संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

यसअघि दुई कर्नाटक प्रदेशमा दुई जनामा ओमिक्रोन देखिएको थियो। महाराष्ट्रबाट मात्रै ३० जनाको ओमिक्रोन परीक्षणका लागि नमूना पठाइएको बताइएको छ। त्यहाँ विभिन्न देशका करिब ३ हजार यात्रुहरु आएको बताइएको छ।

प्रतिक्रिया