टिभी चोर पक्राउ


काठमाडौं – प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ। चोरीको आरोपमा पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका–६ घर भई हाल काठमाडौं लोलाङ बस्ने २२ वर्षीय रोशन परियार रहेका छन्।

गत २१ मंसिर राती तार्केश्वर नगरपालिका–५ लोलाङ पृथ्वी माध्यमिक विद्यालय नजिक रहेको एक क्याफेबाट परियारले सोनी कम्पनीको टिभी र स्पिकर चोरी गरेको अनुसन्धानबाट खुलेको छ।

क्याफेमा चोरी भएको खबरलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको सादा पोसाकको प्रहरीले टोलीले परियारलाई चोरीको सामानसहित मंगलबार बालाजु चोकबाट पक्राउ गरेको हो।

परियारको साथबाट चोरी भएको सोनीको टिभी र ४ वटा स्पिकर बरामद भएको बालावु वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए। परियारमाथि आवश्यक अनु्सन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया