
कांग्रेस महाधिवेशनः सुरक्षाको कमाण्ड एआईजी पाललाई, ८ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
काठमाडौं – नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनको सुरक्षा हेर्ने जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार महाधिवेशन सुरक्षाको सम्पूर्ण कमान्ड रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयबाट हुने र त्यसका लागि एआईजी पालको नेतृत्वमा सुरक्षा टोली खटाइने भएको हो।
प्रहरीका अनुसार एआइजी पालको नेतृत्वमा नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित आठ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन हुनेछन् ।
महाधिवेशनको सुरक्षाका लागि भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तह मानिएको छ । दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीकै सादा पोसाकका सुरक्षाकर्मी रहनेछन् ।
महाधिवेशन आउँदो शुक्रबारदेखि तीन दिनसम्म काठमाडौँमा हुँदैछ।



कागजपत्र |
