८ हजार घुस लिएका वैदेशिक रोजगारका सुब्बासहित ३ विरुद्ध मुद्दा दायर


काठमाडौं — ८ हजार घुस लिएको आरोपमा वैदेशिक रोजगार कार्यालय ताहाचलका नायबसुब्बा सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको एक टोलीले वैदेशिक रोजगार विभागका नायव सुब्बा दुर्गा प्रसाद पोखरेल र ताहाचलस्थित आरके फोटोकपीका सञ्चालक खेमप्रसाद काप्mले र राजेश पोखरेलसहित ३ जनालाई पक्राउ गरेको हो ।

नायब सुब्बा पोखरेलले बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृति बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले नायब सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई सेवाग्राहीबाट घुसररिसवत लिइसकेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गा प्रसाद पोखरेलले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई दुख हैरानी दिई घुसररिसवत दिन वाध्य पारी आर.के. फोटोकपीका संचालक खेम प्रसाद काफ्लेमार्फत आठ हजार रुपैयाँ घुस रिसवत वापतको रकम लिएपश्चात मात्र श्रम स्वीकृति दिई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय राखी घुसररिसवत लिएको पुष्टि हुन आएकोले निज नायब सुब्बा दुर्गा प्रसाद पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिँदा निजलाई बिगो आठ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।

साथै, आर.के. फोटोकपी संचालकद्वय खेम प्रसाद काफ्ले र राजेश पोखरेलले श्रम स्वीकृतिको काम नभई फर्की आर.के. फोटोकपीमा आएका सेवाग्राहीलाई बीमा तथा श्रम स्वीकृतिको अनलाईन फाराम भरी श्रम स्वीकृति छिटो छरितो उपलब्ध गराई दिन वैदेशिक रोजगार कार्यालय, ताहाचलमा राम्रो लिंक छ भनी निज खेम प्रसाद काफ्ले र राजेश पोखरेलले घुसररिसवत रकम माग गरी २१ हजार २सय ९२ रूपैयाँ लिई उक्त रकम मध्येबाट ८ हजार रूपैयाँ वैदेशिक रोजगार कार्यालय, ताहाचल, काठमाडौंका नायब सुब्बा दुर्गा प्रसाद पोखरेललाई दिएको देखिएबाट समेत निजहरुले भ्रष्टाचारको कसुरमा सहयोगी र मतियारको भूमिका खेलेको पुष्टि हुन आई निजहरु खेम प्रसाद काफ्ले र राजेश पोखरेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्याँश बमोजिम कसुर गर्ने व्यक्तिसरह राष्ट्रसेवकलाई नगद उपलब्ध गराएको पुष्टि भएको हुँदा निजहरुउपर बिगो तेह्र हजार दुई सय बयानब्बे रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया