अख्तियारद्वारा ३५ सय घुस लिएका वडासचिव साहमाथि मुद्दा दायर


काठमाडौं – जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका वडासचिवलाई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाका कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव (ना.सु.) विनोद प्रसाद साहलाई जग्गा नामसारीका लागि ३ हजार ५ सय घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको थियो ।

साहले घुस÷रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडा सचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– घुस लिइसकेको अवस्थामा गत माघ २० गते पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला बारा, कोल्हवी नगरपालिका, ११ नं. वडा कार्यालयमा कार्यरत वडा सचिव साहले जग्गा नामसारी सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु। ३,५००।– घुस/रिसवत माग गरी लिएको अनुसन्धानबाट खुल्न आएको हुँदा निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले साहलाई बिगो रु.३,५००। कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया