
कांग्रेस गण्डकी प्रदेश सभापतिमा पौडेलनिकट शर्मा विजयी
पोखरा — नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा रामचन्द्र पौडेलनिकटका उम्मेदवार शुक्रराज शर्मा निर्वाचित भएका छन्।
भर्खरै सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित भएका हुन्।
गण्डकीमा एक हजार एक सय ४६ मत खसेको थियो। सभापतिका अर्का उम्मेदवार अर्जुन जोशी पराजित भएका छन्। जोशी सभापति शेरबहादुर देउवानिकट हुन्।



कागजपत्र |
