
ब्यूटीक्वीन करिश्माले पास गरिन् १२ कक्षा
काठमाडौं – नेपाली चलचित्र जगतकी सर्वाधिक राम्री नायिका करिश्मा मानन्धरले राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको कक्षा १२ को परिक्षा उत्तीर्ण गरेकी छिन् । करिश्माले २.४१ जीपीएका साथ ल्याएर कक्षा १२ को परीक्षा पार गरेको जनाइएको छ ।
गत भदौँ-असोजमा सञ्चालन भएको परीक्षामा सहभागी भएकी करिश्माले आफू पास हुँदा निकै खुशी भएको बताएकी छिन् । उनले घर नजिकैको किटिनी उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएकी थिइन् ।
कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन नभएको र अनलाइनमा पनि खासै नपढेकोले खासै धेरै अपेक्षा नभए पनि उत्तीर्ण भएकोमा खुशी लागेको बताइन् ।
कक्षा १२ मा पास भएलगत्तै करिश्माले स्नातक तहमा मानविकी संकायमा समाजशास्त्र वा ग्रामीण विकासमध्ये एउटा विषय छनोट गरेर पढ्ने सोच रहेको समेत बताइन् ।



कागजपत्र |
