
विवाहगाँठको अवसरमा धुर्मुस-सुन्तलीको ‘मायाले जिवन सजाउ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं ( हास्यकलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भएको १३ वर्ष पुगेर आज १४ वर्षमा प्रवेश गरेको छ । विवाहगाँठको शुभकामना दिँदै धुर्मुुसले सुन्तलीको प्रवेश भएपछि आफ्नो जीवनमा धेरै परिवर्तन भएको बताएका छन् ।
आफ्नो उचाँइ बढाउनुमा कुञ्जनाको योगदान रहेको भन्दै आफुले उनको सुख र खुशीको निम्ति अझै योगदान गर्न नसकेको उनले बताएका छन् । हास्यकलाकार तथा समाजसेवी धुर्मुस र सुन्तलीको विवाह आजकै दिन २०६५ मंसिर १४ गते भएको थियो।
विवाहगाँठको अवसरमा धुर्मुस – सुन्तलीको ‘मायाले जिवन सजाउ’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द संगीतमा भाइ कुमार ‘जिग्री’ र अस्मिता अधिकारीको स्वरमा रहेको गीत यही मङ्सिर १४ गते १४औ बैवाहिक बर्षगाठको उपलक्ष्यमा बाट सार्वजनिक गरेका छन् । जसमा धुर्मुस ( सुन्तलीको विवाहगाँठ विशेष झलक देखाइएको छ ।
भिडियो:



कागजपत्र |
