३३ प्रतिनिधिले हालेनन् ओली र रावल दुवैलाई भोट


काठमाडौं – एमालेको १०औं महाधिवेशनमा ३३ जना महाधिवेशन प्रतिनिधिले पार्टी अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई भोट हालेनन् ।

ओली र रावल दुवैलाई अध्यक्षमा अस्वीकार गर्दै ‘नो भोट’ गरेका हुन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । यस्तै, भीम रावलले २२३ मत ल्याए ।

 

प्रतिक्रिया