एआइजी पाल मेट्रोमा सरूवा, पोखरेलको अपराध अनुसन्धानमा पदस्थापन


काठमाडाैं – सरकारले बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको पदस्थापन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको हो। 

पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा एआइजी हरिबहादुर पालको सरुवा गरेको छ। यसअघि पाल अपराध अनुसन्धान विभागमा कार्यरत थिए। 

एक मन्त्रीका अनुसार बढुवा भएका पोखरेललाई अपराध अनुसन्धान विभाग र पाललाई पोखरेलको ठाउँमा सरुवा गरिएको हो। 

प्रतिक्रिया