एमाले महाधिवेशनः ओली बन्दसत्रमा प्रवेश, नेताहरुबीच रस्साकस्सी जारी


चितवन — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को चितवनमा जारी १० औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेका छन् । बिहान १० बजे सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु भने हुन सकेको छैन ।

केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केही बेरअगाडि मात्र बन्दसत्रस्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए ।

एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । सबै पदहरुमा सर्वसम्मत्को प्रयास भईरहेको एमालेमा बरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्बाङले दाबी गरिरहेका छन् भने अर्का नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने पक्कापक्की नै भएको छ । रावलले आफूले १ मत मात्रै पाए पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया