केपी ओली रहुन्जेल एमालेमा जान्नः वामदेव गौतम


काठमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू केपी ओली एमालेमा रहेसम्म उक्त पार्टीमा नजाने बताएका दाबी गरेका छन्। उनले बीबीसीसँग कुरा गर्दै अहिले एमाले ओलीले भनेको कुरालाई जस्ताको जस्तै मान्ने अवस्थामा रहेको भन्दै एमालेमा ओली रहेसम्म जनाले बताएका हुन्।

अहिले एमाले पार्टीभन्दा पनि एउटा भक्तहरुको समूह जस्तो भएको गौतमको बुझाइ छ। ओलीले सहि कुरालाई गलतभन्दा गलत र गलत कुरालाई सहिभन्दा सहि हुने जमात पार्टीभित्र बढेको गौतमले बताए ।

नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका उनले ओलीले अहिलेसम्म आत्माआलोचना गरेको आफूले नदेखेको बताए। उनले आफूले ओलीलाई ठूलो सहयोग गरेको तर ओली अरुलाई काम लगाउने र गुण तिर्न नजान्ने व्यक्ति भएको टिप्पणी गरे।

प्रतिक्रिया