भामले बनाउन लागेको ‘चिसो वर्ष’लाई २.५ मिलियन डलर


काठमाडौं – डकुमेन्ट्री एवं चलचित्र निर्देशक मीनबहादुर भामले घोषणा गरेको नयाँ चलचित्र ‘चिसो वर्ष’ले ताइवानको ‘ताइपेइ फिल्म कमिसन’बाट २.५ मिलियन डलरको फण्ड जितेको छ ।

अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको चलचित्रले २.५ मिलियन डलरको ताइपेइ फिल्म फण्ड पाउने घोषणा भएको हो ।

चलचित्र ‘चिसो वर्ष’मा नेपाल, फ्रान्स, टर्की र नर्वेको संयुक्त लगानी रहने भएको छ । यसअघि पनि यो चलचित्रको कथाले विभिन्न फिल्म फेस्टिभलमा फण्ड जितिसकेको छ । यो चलचित्रले एक तिब्बती महिलाले श्रीमान् खोज्नका लागि गरेको संघर्षको कथा भन्नेछ । यो चलचित्र निर्माणका लागि मीन केही वर्षदेखि व्यस्त छन् ।

२०७४ सालमा घोषणा भएको ‘चिसो वर्ष’को छायांकन शुरु भएको छैन । मीनले यसअघि निर्देशन गरेको चलचित्र ‘कालो पोथी’ले पनि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ ।

 

प्रतिक्रिया