
आयुष र एलिनाको ‘नतड्पाउन’ सार्वजनिक (भिडिओ)
काठमाडौं – युवागायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ुनतड्पाउनु को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना, राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।
रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन् । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ।
भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ। गायक आयुष १ बर्ष अघि ुतिम्रो मायालेु गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।



कागजपत्र |
