५० हजार मानिस सहभागी रहेकाे कन्सर्टमा भागदौड, ८ को मृत्यु


काठमाडाैं – अमेरिकामा कन्सर्टमा किचिएर ८ जनाको मृत्यु भएको छ । शनिबार साँझ हस्टनमा एस्ट्रोवल्ड फेस्टिभलमा आयोजित कन्सर्टमा घटना भएको हो ।

ठूलो भीड स्टेजतर्फ बढ्दा घटना भएको जनाइएको छ । भीडमा किचिएर मानिसहरु बेहोस हुने र ढल्ने हुन थालेको बुझिएको छ । घटनामा ३ सय भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ ।

भीडमा कतिपयको हृदयघात भएको बुझिएको छ । कन्सर्टमा ५० हजार मानिस सहभागी थिए ।

प्रतिक्रिया