आगलागीबाट धनमाल जलेर नष्ट


रुकुम पश्चिम – मुसिकोट नगरपालिका-१ बागबजारमा पसल गरी बस्ने सिस्ने गाउँपालिका-७ घर भएकी ३८ वर्षीया पुजा थापा र रुकुम पूर्व भुमे गाउँपालिका-८ घर भएकी ३० वर्षीया मनपुरा कामीको पसलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा पुजाको पसलमा २ लाख र मनपुराको पसलमा २ लाख ५० हजार रुपैयाँ गरी उक्त रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बागबजारबाट खटिएको प्रहरीले स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया