इन्द्रकुमारको हत्यापछि त्रास सिर्जना


झापा – जिल्लामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ। अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ।

बङ्गुर फ्रेस हाउस चलाउँदै आएका उनको घाटी र हातमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए। बडा दसैंकै बीचमा मगर हत्याको घटनाले जिल्लामा थप त्रास सिर्जना भएको छ।

परिवारले उनको साथमा रु दुई लाख रकम भएको जनाएको छ। परिवारका अनुसार उनले सोही दिन मात्र दुईवटा बङ्गुरको मासुसमेत बिक्री गरेका थिए। सोही पैसा लुट्न उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे तालिमप्राप्त कुकुर ल्याएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाको भनाइ छ।

प्रतिक्रिया