राणाका मान्छे मन्त्री बनाएर देउवाले कांग्रेसको बदनाम गरे, अर्को चिन्हमा मत हालिँदैनः पौडेल


काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका मान्छेलाई मन्त्री नियुक्त गरी पार्टीको बदनाम गरेको बताएका छन्।

सोमबार भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने,‘तीन दिन पनि मन्त्री टिक्न नसक्ने प्रधानन्यायाधीशका मान्छेलाई नियुक्त गरे, यसले पार्टीलाई नोक्सान भएको छ। बदनाम भएको छ।’

कांग्रेसले आगामी चुनावमा कुनै अर्को दलसँग गठबन्धन नगरी चुनाव लड्ने पौडेलको भनाई थियो। ‘विचार गरेर महाधिवेशनमा नेतृत्व छान्नुहोला, कांग्रेस कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्नेगरी हँसिया हथौडा, हलो अथवा अरु चुनाव चिन्हमा मत नहाल्नेगरी चुनावमा जानुपर्छ।’

प्रतिक्रिया