

कास्कीको घान्द्रुकमा जीप दुर्घटनाः आठ जनाको मृत्यु

काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। पोखराको हरिचोकबाट घान्द्रुकका लागि छुटेको ग १ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) रमेश थापाका अनुसार जीपमा ९ जना सवारमध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। एकजना सामान्य घाइते भएका छन्।
घाइतेलाई उद्दारपछि पोखरा लगिएको छ। एसपी थापा आफैं घटनास्थलतर्फ जाँदैछन्। मृतकहरुको पहिचान खुलेको छैन।

