पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा लामा पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-८ बगहा घर भइ हाल भक्तपुर सल्लाघारी बस्‍दै आएका ३३ वर्षीय शंकर लामा रहेका छन् ।

लामाले काभ्रे बेथानचोक गाउँपालिका-६का आशिष थापालाई वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइ एग्रिकल्चरमा काम लगाइदिन्छु भनी उसको नागरिकता लगायतका सक्कल कागजात पेश गरी मोबाइल बैंकिङको पिन कोड नियन्त्रणमा लिइ उसको नाममा रहेको एनआइसी एसिया बैंकबाट ४ लाख ८० रुपैयाँ प्रदिप श्रेष्ठ नामको ग्लोबर र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरेका थिए । उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

लामालाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया