फूलन्देकी आमा र काउली बुढीको अभिनयमा गंगाले ल्याइन् यस्तो भिडिओ


काठमाडौं– गायिका गंगा गौतम आचार्यको स्वर भरिएको ‘बग्यो गण्डकी’ बोलको गीतको म्युजिक भिडिओ रिलिज भएको छ। हास्य अभिनयमा पारंगत फूलन्देकी आमा र काउली बुढीको अभिनय रेको उक्त गीत युट्युवमार्फत सार्वजनिक भएको हो।

राजकुमार बगरको शव्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा सुमन सागर जंगको निर्देशन र  कोरियोग्राफीमा पनि योगदान छ। प्रवेश पोखरेलको छायांकन, सुरेश कुमार राउतको सम्पादन रहेको म्युजिक भिडिओको निर्माण सुष्मा गुरागाँईले गरेकी हुन्। निर्देशनमा सुरेश थापा दर्शनेको भूमिका छ।

प्रतिक्रिया