बीमा समितिमा आईटी अधिकृत माग, यसरी दिनुहोस् आवेदन


काठमाडौं – बीमा समितिले करारमा सूचना प्रविधि अधिकृत भर्ना गर्ने भएको छ । बिहीवार एक सूचना प्रकाशन गर्दै नियामकले रोस्टर खुलाएको हो ।

समितिका अनुसार सात दिनभित्र योग्यता पुगेका व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन ईमेलमार्फत पठाउनुपर्नेछ । साथै समितिको कार्यालयमा भौतिक रुपमा समेत यस्तो निवेदन दिन सकिनेछ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेका नागरिकहरूले रोष्टरमा आफ्नो नाम चढाउन सक्नेछन् ।

यदि तपाईं बीमा समितिमा सूचना प्राविधिक अधिकृतको रुपमा करारमा काम गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया