सप्तरीमा पानीमा डुबेर तीन जनाको ज्यान गयो


सप्तरी – सप्तरीमा पानीमा डुबेर एकै दिन तीन जनाको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका, तिलाठी कोईलाडी र महादेवामा गरी तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नुहाउने क्रममा खडक नगरपालिका–८ मुसहरनियाका राजेशकुमार चौधरीकी छोरी ३ वर्षकी एलिजाकुमारी, कपडा धुने क्रममा तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका भतो मंसुरीकी छोरी १२ वर्षकी सबना खातुन र भाँडा मस्काउने क्रममा महादेवा गाउँपालिका–४ परसाही टोलका अमृत सदाकी ३० वर्षकी छोरी लक्षन कुमारी सदाको ज्यान गएको सप्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तीन वटै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया